Page:Munamadan.pdf/17: Difference between revisions
No edit summary |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
<ref group="✮" follow="p7"> बीचबीचमा तर अमोल | <ref group="✮" follow="p7"> बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा, | ||
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा, | |||
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा | आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा ! | ||
प्रकृति उनलाई छक पारिदिन्थिन्, | प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः । | ||
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र | बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र | ||
गर्जनतल, इन्द्रेनीतल, | गर्जनतल, इन्द्रेनीतल, | ||
झुल्कन्छ घाम, तल छ जल | ::::झुल्कन्छ घाम, तल छ जल | ||
माथि छ मानव | माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र । | ||
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई, | स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई, | ||
चरण | चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई, | ||
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र | सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र | ||
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र | लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र, | ||
'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?' | |||
मनमन भन्थे मदन त्यहाँ यहाँ क्या जीवन छ | मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ ! | ||
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव तपस्वी, | हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी, | ||
विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी | विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी' | ||
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले, | कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले, | ||
गुञ्जायमान शीतल पर्वत शीकर-दानाले, | |||
अमृत जल | अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न, | ||
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न | प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न ! | ||
ढुङ्गाको दाँत | ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने | ||
विचित्र जन्तु सैरने | हिउँको दाँत झन् तीखो बतास दार्हा नै किटाउने, | ||
कालीको | विचित्र जन्तु सैरने वन गोधूली-छायामा, | ||
कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा । | |||
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल | कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल | ||
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल | शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल, | ||
जीवनको मीठो आनन्द चर्को हरियो हावामा | जीवनको मीठो आनन्द चर्को हरियो हावामा | ||
उद्गार गरी थरी र थरी | उद्गार गरी थरी र थरी, | ||
फुर्फुरी गर्ने भुर्भुरी लिने, | ::::फुर्फुरी गर्ने भुर्भुरी लिने, | ||
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा | उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा, | ||
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा | पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा, | ||
</ref> | </ref> | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Latest revision as of 18:09, 5 May 2025
बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा,
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा !
प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ।
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
गर्जनतल, इन्द्रेनीतल,
झुल्कन्छ घाम, तल छ जल
माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ।
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र,
'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?'
मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ !
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी,
विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी'
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
गुञ्जायमान शीतल पर्वत शीकर-दानाले,
अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न,
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न !
ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने
हिउँको दाँत झन् तीखो बतास दार्हा नै किटाउने,
विचित्र जन्तु सैरने वन गोधूली-छायामा,
कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा ।
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल,
जीवनको मीठो आनन्द चर्को हरियो हावामा
उद्गार गरी थरी र थरी,
फुर्फुरी गर्ने भुर्भुरी लिने,
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा,
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा,