Page:Munamadan.pdf/17: Difference between revisions
No edit summary |
|||
(5 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
<ref group="✮" follow="p7"> बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा, | |||
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा, | |||
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा ! | |||
प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः । | |||
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र | |||
गर्जनतल, इन्द्रेनीतल, | |||
::::झुल्कन्छ घाम, तल छ जल | |||
माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र । | |||
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई, | |||
चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई, | |||
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र | |||
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र, | |||
'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?' | |||
मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ ! | |||
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी, | |||
विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी' | |||
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले, | |||
गुञ्जायमान शीतल पर्वत शीकर-दानाले, | |||
अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न, | |||
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न ! | |||
ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने | |||
हिउँको दाँत झन् तीखो बतास दार्हा नै किटाउने, | |||
विचित्र जन्तु सैरने वन गोधूली-छायामा, | |||
कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा । | |||
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल | |||
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल, | |||
जीवनको मीठो आनन्द चर्को हरियो हावामा | |||
उद्गार गरी थरी र थरी, | |||
::::फुर्फुरी गर्ने भुर्भुरी लिने, | |||
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा, | |||
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा, | |||
</ref> | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✮"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Latest revision as of 18:09, 5 May 2025
बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा,
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा !
प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ।
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
गर्जनतल, इन्द्रेनीतल,
झुल्कन्छ घाम, तल छ जल
माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ।
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र,
'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?'
मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ !
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी,
विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी'
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
गुञ्जायमान शीतल पर्वत शीकर-दानाले,
अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न,
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न !
ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने
हिउँको दाँत झन् तीखो बतास दार्हा नै किटाउने,
विचित्र जन्तु सैरने वन गोधूली-छायामा,
कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा ।
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल,
जीवनको मीठो आनन्द चर्को हरियो हावामा
उद्गार गरी थरी र थरी,
फुर्फुरी गर्ने भुर्भुरी लिने,
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा,
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा,