Page:Munamadan.pdf/15: Difference between revisions
No edit summary |
|||
(20 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''मदन भोट जान्छन्'''}}}} | {{c|{{larger|'''मदन भोट जान्छन्'''}}}} | ||
{{center block | {{start center block}} | ||
<poem> | <poem> | ||
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार, | डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार, | ||
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार, | भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार, | ||
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको, | कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको, | ||
सिम्सिमे पानी, बतास | सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको, | ||
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका, | मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका, | ||
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका । | बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका । | ||
स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत, | |||
स्याउला चीसा, | |||
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । <ref group="✤" name="p6"> | पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । <ref group="✤" name="p6"> | ||
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा | ✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा | ||
Line 19: | Line 15: | ||
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी । | ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी । | ||
</ref> | </ref> | ||
</poem> | |||
{{end center block}} | |||
<section begin="C✤" /> | |||
<section end="C✤" /> | |||
{{start center block}} | |||
<poem> | |||
आखिर ठूलो सुनको छाना साँझमा सुहायो, | आखिर ठूलो सुनको छाना साँझमा सुहायो, | ||
मैदाननेर पोतालामनि ह्लासा नै मुस्कायो । | |||
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, | आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, | ||
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको | सुनको छाना, दरबार अजङ् त्यो दले लामाको । | ||
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, | चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, | ||
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको | रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको, | ||
शीतल पानी, हरिया पात, हिउँका टाकुरा, | शीतल पानी, हरिया पात, हिउँका टाकुरा, | ||
शिरीष फूल फुलेको सेतो, | शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा । | ||
कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल, | |||
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल । | यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल । | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Latest revision as of 17:58, 5 May 2025
डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको,
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । [✤ 1]
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदाननेर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको ।
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा ।
कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।
- ↑
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।