Jump to content

Page:Munamadan.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
 
(25 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{c|{{larger|'''मदन भोट जान्छन्'''}}}}
{{start center block}}
<poem>
डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको,
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । <ref group="✤" name="p6">
✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।
</ref>
</poem>
{{end center block}}
<section begin="C✤" />
<section end="C✤" />
{{start center block}}
<poem>
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदाननेर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको ।
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा ।
कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
<noinclude>
{{center block|
{{rule}}
<small>
<references group="✤"/>
</small>
}}
</noinclude>

Latest revision as of 17:58, 5 May 2025

This page has been validated
मदन भोट जान्छन्

डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको,
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । [✤ 1]


आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदाननेर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको ।
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा ।
कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।



  1. ✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
    मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
    कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
    ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।