Page:Shakuntala.pdf/186: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी । | |||
::बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥ | |||
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी । | |||
::हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥ | |||
{{pcn|(७५)}} | |||
भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।" | |||
::"कस्ती त्यो छ त" सोद्धछन् नृपतिले "के अप्सरा हो भन ?" | |||
"माटो झैं जिउ छन् अरू युवतिका ! पाकी उज्याली सफा । | |||
::लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥ | |||
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं । | |||
::अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥ | |||
लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू । | |||
::तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥ | |||
दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ । | |||
::मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥ | |||
छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला । | |||
::त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥ | |||
राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन । | |||
::रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥" | |||
भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन । | |||
::"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥" | |||
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी । | |||
::जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥ | |||
{{pcn|(७६)}} | |||
खोर्याईकन धेर बेर नृपले सोद्धा बतायो तब । | |||
::"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥ | |||
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित । | |||
::हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥ | |||
{{pcn|(७७)}} | |||
'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन् । | |||
::हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 12:27, 5 May 2025
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहूहू' गरी ।
बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
(७५)
भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
"कस्ती त्यो छ त" सोद्धछन् नृपतिले "के अप्सरा हो भन ?"
"माटो झैं जिउ छन् अरू युवतिका ! पाकी उज्याली सफा ।
लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन् तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झैं ।
अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन् झल्की सिताराहरू ।
तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन् ॥
दाना सुन्दर रौप्यका कुसुम झैं पत्रै सुनौला भुइँ ।
मीठा मग्मग बास-साथ उदरै लोभी बनाईदिने ॥
छन् फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाईकन ।
रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सुँक्कसँग त्यो आँखा भिजाईकन ।
"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हेरूँ" भनी ।
जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
(७६)
खोर्याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
(७७)
'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन् ।
हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥