Jump to content

Page:Shakuntala.pdf/178: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जसरी तटमा बसी कुनै ।
::सब देख्छन्‌ विधु नै कणा कणा ॥
सब सैकतका भरी भरी ।
::गहमा आँसु लिई चकोरले ॥
म छु हेर ! उसै गरी सदा ।
::वनको छेउ हरा पयोधिमा ॥
कसुमादिहरू सबै तिमी-
::सरि देख्ने विधु झैं शकुन्तला ॥
{{pcn|(२९)}}


सपनासरि चट्ट झल्किई ।
::रसवाली मनको मुहारमा ॥
अब हाय कता रह्यौ तिमी ।
::म तृषानिम्ति वियोगभारमा ॥
{{pcn|(३०)}}
क्षण नै गर्‍हुँका बनी गए ।
::अति ढीला नरमाइला पला ॥
कति सुस्त विषाद हिँड्दछ ।
::समयै बन्दछ क्रूर लङ्गडो ॥
{{pcn|(३१)}}
दिलले दिलसाध पोख्नको ।
::रहरैमा जलभित्रभित्रको ॥
वन हेर ! खिजाउँदै थप्यो ।
::नव शृङ्गार प्रसूनपत्रमा ॥
{{pcn|(३२)}}
रसिली कलिली प्रभामुखी ।
::हँसिली वन्य कलि प्रवातमा ॥
खँदिली सपना सुशिल्पित ।
::विधुकी खण्ड लुक्यौ कहाँ कहाँ ?
{{pcn|(३३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:31, 4 May 2025

This page has been proofread

जसरी तटमा बसी कुनै ।
सब देख्छन्‌ विधु नै कणा कणा ॥
सब सैकतका भरी भरी ।
गहमा आँसु लिई चकोरले ॥
म छु हेर ! उसै गरी सदा ।
वनको छेउ हरा पयोधिमा ॥
कसुमादिहरू सबै तिमी-
सरि देख्ने विधु झैं शकुन्तला ॥
(२९)

सपनासरि चट्ट झल्किई ।
रसवाली मनको मुहारमा ॥
अब हाय कता रह्यौ तिमी ।
म तृषानिम्ति वियोगभारमा ॥
(३०)

क्षण नै गर्‍हुँका बनी गए ।
अति ढीला नरमाइला पला ॥
कति सुस्त विषाद हिँड्दछ ।
समयै बन्दछ क्रूर लङ्गडो ॥
(३१)

दिलले दिलसाध पोख्नको ।
रहरैमा जलभित्रभित्रको ॥
वन हेर ! खिजाउँदै थप्यो ।
नव शृङ्गार प्रसूनपत्रमा ॥
(३२)

रसिली कलिली प्रभामुखी ।
हँसिली वन्य कलि प्रवातमा ॥
खँदिली सपना सुशिल्पित ।
विधुकी खण्ड लुक्यौ कहाँ कहाँ ?
(३३)