Page:Munamadan.pdf/11: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
'''मुना–''' | '''मुना–''' | ||
Line 31: | Line 31: | ||
::ती आमालाई दूधको घुड्कोले गला रसाऊँ, | ::ती आमालाई दूधको घुड्कोले गला रसाऊँ, | ||
::उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ, | ::उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:15, 4 May 2025
मुना–
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
मदन–
नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !
मुना–
फुलेका केश, गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !
मदन–
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा,
ती आमालाई दूधको घुड्कोले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ,