Page:Munamadan.pdf/11: Difference between revisions
No edit summary |
|||
(5 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
'''मुना–''' | |||
::हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड, | ::हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड, | ||
::भीरका भोटे, वनका जन्तु, गाईको आहार | ::भीरका भोटे, वनका जन्तु, गाईको आहार | ||
Line 7: | Line 7: | ||
::जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ ! | ::जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ ! | ||
::हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ ! | ::हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ ! | ||
::नभन त्यसो ! | '''मदन–''' | ||
::नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ, | |||
::वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ? | ::वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ? | ||
::हे नागकन्या ! पहाड नआऊ ! | ::::::हे नागकन्या ! पहाड नआऊ ! | ||
::ती यौटी आमा, लच्छिनकी बत्ती | ::ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार, | ||
::तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार, | ::तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार, | ||
::ती हेरी बसून् यो चन्द्रमुहार ! | ::::::ती हेरी बसून् यो चन्द्रमुहार ! | ||
::फुलेका केश गलेको जीउ आमाको मायाले, | '''मुना–''' | ||
::फुलेका केश, गलेको जीउ आमाको मायाले, | |||
::बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले, | ::बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले, | ||
::हजूर ! आमाको मायाले ! | ::::::हजूर ! आमाको मायाले ! | ||
::जङ्गली देश बेपारी वेश सङ्कट सहेर | ::जङ्गली देश बेपारी वेश सङ्कट सहेर | ||
::के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ? | ::के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ? | ||
::हातका मैला सुनका थैला, के गर्नु धनले ? | ::हातका मैला सुनका थैला, के गर्नु धनले ? | ||
::साग र सिस्नु खाएको | ::साग र सिस्नु खाएको बेस आनन्दी मनले ! | ||
::हे मेरा प्यारा ! अमीरी मनले ! | ::::::हे मेरा प्यारा ! अमीरी मनले ! | ||
'''मदन–''' | |||
::हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा, | ::हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा, | ||
::के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा | ::के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा, | ||
::ती आमालाई दूधको | ::ती आमालाई दूधको घुड्कोले गला रसाऊँ, | ||
::उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ, | ::उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:15, 4 May 2025
मुना–
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
मदन–
नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !
मुना–
फुलेका केश, गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !
मदन–
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा,
ती आमालाई दूधको घुड्कोले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्याऊँ,