Page:Munamadan.pdf/10: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | |||
'''मुना–''' | '''मुना–''' | ||
::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, | ::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, |
Latest revision as of 09:10, 4 May 2025
मुना–
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा ! विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !
मदन–
हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
अनारदाना दाँतका लहर खोलेर हाँस न,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
प्यारी ! बिदामा हाँस न !