Page:Munamadan.pdf/10: Difference between revisions
No edit summary |
|||
(6 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''मदन भोट जाने बेलामा'''}}}} | {{c|{{larger|'''मदन भोट जाने बेलामा'''}}}} | ||
{{center block | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
'''मुना–''' | |||
::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, | ::नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, | ||
::मनको वनमा ननिभ्ने गरी विरह जलाई | ::मनको वनमा ननिभ्ने गरी विरह जलाई, | ||
::::::ननिभ्ने गरी विरह जलाई | ::::::ननिभ्ने गरी विरह जलाई, | ||
::लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए | ::लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए, | ||
::के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! | ::के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए ! | ||
::::::प्यारा विष नै पिलाए ! | ::::::प्यारा ! विष नै पिलाए ! | ||
::मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, | ::मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, | ||
::यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा, | ::यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा, | ||
::यो छाती मेरो चिरेर खोली नजर गराए, | ::यो छाती मेरो चिरेर खोली नजर गराए, | ||
::त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए | ::त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए ! | ||
::आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, | ::आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन, | ||
::मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, | ::मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन, | ||
::::::प्यारा ! आँसुले बोल्दैन ! | ::::::प्यारा ! आँसुले बोल्दैन ! | ||
'''मदन–''' | |||
::हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी ! | ::हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी ! | ||
::फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ? | ::फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ? | ||
Line 24: | Line 25: | ||
::::::प्यारी ! भेटको बडा दिन ! | ::::::प्यारी ! भेटको बडा दिन ! | ||
::कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा, | ::कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा, | ||
::नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा | ::नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा, | ||
:: | ::अनारदाना दाँतका लहर खोलेर हाँस न, | ||
::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन | ::तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन, | ||
::::::प्यारी ! बिदामा | ::::::प्यारी ! बिदामा हाँस न ! | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:10, 4 May 2025
मुना–
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा ! विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !
मदन–
हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
अनारदाना दाँतका लहर खोलेर हाँस न,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
प्यारी ! बिदामा हाँस न !