Page:Munamadan.pdf/9: Difference between revisions
Appearance
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ, | झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ, | ||
Line 13: | Line 13: | ||
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन, | मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन, | ||
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन । | जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन । | ||
पेशाले बिग्र्यो कविको | पेशाले बिग्र्यो कविको धर्म्म, शब्दले मर्म्मघात, | ||
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात । | आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात । | ||
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्, | यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्, | ||
Line 19: | Line 19: | ||
यो सानो झ्याउरे गीतको कथा नजर लगाई, | यो सानो झ्याउरे गीतको कथा नजर लगाई, | ||
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई ! | टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई ! | ||
</poem>}} | </poem> | ||
{{end center block}} |
Latest revision as of 09:05, 4 May 2025
This page has been validated
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।
मलाई सानो पातीलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा ।
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्र्यो कविको धर्म्म, शब्दले मर्म्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !