Jump to content

Page:Shakuntala.pdf/177: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बिजुलीसरि झल्किने क्षण-
::भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहाऽनलबीच बादल ।
::जलको जीवन झैं बनाउँछ्यौ ॥
{{pcn|(२३)}}


यदि आँसु कणा भए सब ।
::छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्दथें ।
::तिमिराच्छन्न वियोग नैशमा ॥
{{pcn|(२४)}}
तब पो गति यो वियोगको ।
::दुइ आँखासरि झल्मलाउँथे ॥
निशिमा परबाट भावना-
::हरु सेना स्मृति-तुल्य आउँथे ॥
{{pcn|(२५)}}
कुन रुन्छ भनी कतातिर ।
::गह तिम्रा पनि क्यै रसाउँथे ॥
सब रातविषे सुधांशुको ।
::मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
{{pcn|(२६)}}
तर दूर तिमी कता कता ।
::नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हुन्छु हा! म ता ।
::विरहैबीच बनेर बेपता ॥
तर आँसु अनेक झल्किँदा ।
::दिलले पाउँछ आफ्नु क्यै पता ॥
{{pcn|(२७)}}
कसरी अति कोमलाङ्गिनी ।
::विधुकी खण्डसमान जन्मियौ ॥
सब दिव्य सुधा बनीकन ।
::छवि छाई भुवनाभिमोहन ॥
{{pcn|(२८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:05, 4 May 2025

This page has been proofread

बिजुलीसरि झल्किने क्षण-
भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहाऽनलबीच बादल ।
जलको जीवन झैं बनाउँछ्यौ ॥
(२३)

यदि आँसु कणा भए सब ।
छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्दथें ।
तिमिराच्छन्न वियोग नैशमा ॥
(२४)

तब पो गति यो वियोगको ।
दुइ आँखासरि झल्मलाउँथे ॥
निशिमा परबाट भावना-
हरु सेना स्मृति-तुल्य आउँथे ॥
(२५)

कुन रुन्छ भनी कतातिर ।
गह तिम्रा पनि क्यै रसाउँथे ॥
सब रातविषे सुधांशुको ।
मुख जस्ती अलि क्यै चियाउँथ्यौ ॥
(२६)

तर दूर तिमी कता कता ।
नजिकै भैकन हाय ! बेपता ॥
जल जीवन हुन्छु हा! म ता ।
विरहैबीच बनेर बेपता ॥
तर आँसु अनेक झल्किँदा ।
दिलले पाउँछ आफ्नु क्यै पता ॥
(२७)

कसरी अति कोमलाङ्गिनी ।
विधुकी खण्डसमान जन्मियौ ॥
सब दिव्य सुधा बनीकन ।
छवि छाई भुवनाभिमोहन ॥
(२८)