Jump to content

Page:Shakuntala.pdf/176: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
अनि सुन्दरमा त सत्य नै ।
::नलिई दाग विरोधका कुनै ॥
झललल्ल झझल्किएसरि ।
::हुन गै चित्‌ गहिरो रसाउँछ ॥
{{pcn|(१७)}}


दिलको कलिलो सुकेन्द्रमा ।
::छवि झल्कीकन फूल जन्मिए ॥
वनका सपनाहरूसरि ।
::अनि रोएर सुगन्ध जन्मिए ॥
{{pcn|(१८)}}
रुन आउँदछौं यहाँ सन ।
::पृथिवीमा रुनकै विलास ली ॥
अनिवार्य अतृप्त कामना-
::हरुका नाद अतृप्त आश ली ॥
{{pcn|(१९)}}
कुन चीज नपुग्दथ्यो अब ।
::सब संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
::अब छन्‌ दास भजेर सुन्दर ॥
{{pcn|(२०)}}
"कुन ठाउँ तिमी शकुन्तला ।
::मुखले पुष्पहरू फुलाउँछ्यौ ?
अनि आँसु सिँगार पार्दछ्यौ ।
::स्मृतिको दिव्य सुगन्ध दीकन ?
{{pcn|(२१)}}
वनकी दुहिता तिमी बनी ।
::वनका पत्रहरू हरासँग ॥
छल गर्न सिकी प्रसून झैं ।
::निकटै कुञ्जविषे हराउँछ्यौ ॥
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:57, 4 May 2025

This page has been proofread

अनि सुन्दरमा त सत्य नै ।
नलिई दाग विरोधका कुनै ॥
झललल्ल झझल्किएसरि ।
हुन गै चित्‌ गहिरो रसाउँछ ॥
(१७)

दिलको कलिलो सुकेन्द्रमा ।
छवि झल्कीकन फूल जन्मिए ॥
वनका सपनाहरूसरि ।
अनि रोएर सुगन्ध जन्मिए ॥
(१८)

रुन आउँदछौं यहाँ सन ।
पृथिवीमा रुनकै विलास ली ॥
अनिवार्य अतृप्त कामना-
हरुका नाद अतृप्त आश ली ॥
(१९)

कुन चीज नपुग्दथ्यो अब ।
सब संसार अहो ! मनाउँथ्यो ॥
जगतै वन भै तिनी तर ।
अब छन्‌ दास भजेर सुन्दर ॥
(२०)

"कुन ठाउँ तिमी शकुन्तला ।
मुखले पुष्पहरू फुलाउँछ्यौ ?
अनि आँसु सिँगार पार्दछ्यौ ।
स्मृतिको दिव्य सुगन्ध दीकन ?
(२१)

वनकी दुहिता तिमी बनी ।
वनका पत्रहरू हरासँग ॥
छल गर्न सिकी प्रसून झैं ।
निकटै कुञ्जविषे हराउँछ्यौ ॥
(२२)