Jump to content

Page:Shakuntala.pdf/166: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>सस"
Tag: Replaced
No edit summary
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
रवि-बिम्बको तनु-रेखिता ।
::अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
::रँग पाउँछन्‌ हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
::कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
::पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
::अब देखियो सब सिर्जना ॥
रँग बद्‌लिँदो छ मिही जहाँ ।
::पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
::अलि चर्किदो घन-पत्रमा ॥
{{pcn|(४३)}}


तब भन्दछिन्‌ वनकी सुता ।
::मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस्‌ सपना अहा !
::कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
::कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
::यस शब्दको मुटु के बता ?"
{{pcn|(४४)}}
यति भै सबेर चरासँग ।
::वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन्‌ सखि तीन ती ।
::उनलाइ भेट्न भनी त्यहाँ ॥
{{pcn|(४५)}}
"छ त रात यो मन खल्बले ।
::छ तरङ्गको छवि झल्मले ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>सस
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 18:20, 3 May 2025

This page has been proofread

रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन्‌ हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्‌लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)

तब भन्दछिन्‌ वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस्‌ सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)

यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन्‌ सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)

"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥