Page:Shakuntala.pdf/165: Difference between revisions
Appearance
→Not proofread: Created page with "पर देखियो मुख दिव्यको । चिर प्यासको हंँसिलोपन ॥ मुख एकले जगतै खुली । सृजनै खुली मनमोहन ॥ (४र) अन स्वर्ण यो अरुण-प्रभा । अघि सर्र रङ्ग फिँजारिँदो ॥ सुन धप्कियो सुरदेशको । छवि लच्किय..." |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
पर देखियो मुख दिव्यको । | पर देखियो मुख दिव्यको । | ||
::चिर प्यासको हँसिलोपन ॥ | |||
चिर | |||
प्यासको | |||
मुख एकले जगतै खुली । | मुख एकले जगतै खुली । | ||
सृजनै | ::सृजनै खुली मनमोहन ॥ | ||
खुली | {{pcn|(४२)}} | ||
मनमोहन ॥ | |||
( | |||
अब स्वर्ण यो अरुण-प्रभा । | |||
अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ::अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ||
सुन धप्कियो सुरदेशको । | सुन धप्कियो सुरदेशको । | ||
छवि | ::छवि लच्कियो हिउँमा छुँदो ॥ | ||
लच्कियो | |||
हिउँमा | |||
रवि गोलिए र छिचोलिए । | रवि गोलिए र छिचोलिए । | ||
::घन रङ्गले मृदु ढङ्गले ॥ | |||
सुन देशमा सपना टिपी- | |||
::कन गाउँदो छ विहङ्गले ॥ | |||
घन | |||
रङ्गले | |||
ढङ्गले ॥ | |||
सुन देशमा सपना | |||
टिपी- | |||
कन | |||
गाउँदो छ विहङ्गले ॥ | |||
सब चित्रियो सुख स्वर्गको । | सब चित्रियो सुख स्वर्गको । | ||
::सुरको सुराहि झझल्कियो ॥ | |||
सुरको | |||
सुराहि | |||
झझल्कियो ॥ | |||
रँग बल्कियो खग पल्कियो । | रँग बल्कियो खग पल्कियो । | ||
::हिउँ टल्कियो सुन झल्कियो ॥ | |||
रँगको घडा सुर-व्योममा । | रँगको घडा सुर-व्योममा । | ||
छविदार | ::छविदार झल्ल छचल्कियो ॥ | ||
झल्ल छचल्कियो ॥ | |||
कति पोखियो जल रङ्गका । | कति पोखियो जल रङ्गका । | ||
कति | ::कति छिर्रबिर्र र छर्र भो ॥ | ||
हिम-टाकुराहरु पार्श्वका । | हिम-टाकुराहरु पार्श्वका । | ||
::अब लाल छन् ललित-प्रभा ॥ | |||
अलि जिस्किँदो वन-वायुले । | अलि जिस्किँदो वन-वायुले । | ||
::फुल ब्यँझिए रँगका सफा ॥ | |||
फुल | मधुराऽऽकृति प्रकटीकृता । | ||
::अति स्पष्ट भो वन-शैलमा ॥ | |||
अति | |||
स्पष्ट भो | |||
वन-शैलमा ॥ | |||
अब झल्किए जलका कणा । | अब झल्किए जलका कणा । | ||
मधुमालती | ::मधुमालती मृदु पत्रमा ॥ | ||
मृदु | अब दृश्य चित्र विभिन्नता- | ||
::सँग देखियो लिइ स्पष्टता ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | |||
Latest revision as of 10:50, 3 May 2025
This page has been proofread
पर देखियो मुख दिव्यको ।
चिर प्यासको हँसिलोपन ॥
मुख एकले जगतै खुली ।
सृजनै खुली मनमोहन ॥
(४२)
अब स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढङ्गले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग बल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिर्रबिर्र र छर्र भो ॥
हिम-टाकुराहरु पार्श्वका ।
अब लाल छन् ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुराऽऽकृति प्रकटीकृता ।
अति स्पष्ट भो वन-शैलमा ॥
अब झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अब दृश्य चित्र विभिन्नता-
सँग देखियो लिइ स्पष्टता ॥