Jump to content

Page:Shakuntala.pdf/165: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पर देखियो मुख दिव्यको ।
::चिर प्यासको हँसिलोपन ॥
मुख एकले जगतै खुली ।
::सृजनै खुली मनमोहन ॥
{{pcn|(४२)}}


अब स्वर्ण यो अरुण-प्रभा ।
::अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
::छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
::घन रङ्गले मृदु ढङ्गले ॥
सुन देशमा सपना टिपी-
::कन गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
::सुरको सुराहि झझल्कियो ॥
रँग बल्कियो खग पल्कियो ।
::हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
::छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
::कति छिर्रबिर्र र छर्र भो ॥
हिम-टाकुराहरु पार्श्वका ।
::अब लाल छन्‌ ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
::फुल ब्यँझिए रँगका सफा ॥
मधुराऽऽकृति प्रकटीकृता ।
::अति स्पष्ट भो वन-शैलमा ॥
अब झल्किए जलका कणा ।
::मधुमालती मृदु पत्रमा ॥
अब दृश्य चित्र विभिन्नता-
::सँग देखियो लिइ स्पष्टता ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 10:50, 3 May 2025

This page has been proofread

पर देखियो मुख दिव्यको ।
चिर प्यासको हँसिलोपन ॥
मुख एकले जगतै खुली ।
सृजनै खुली मनमोहन ॥
(४२)

अब स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
सुन धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढङ्गले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चित्रियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग बल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिर्रबिर्र र छर्र भो ॥
हिम-टाकुराहरु पार्श्वका ।
अब लाल छन्‌ ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुराऽऽकृति प्रकटीकृता ।
अति स्पष्ट भो वन-शैलमा ॥
अब झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अब दृश्य चित्र विभिन्नता-
सँग देखियो लिइ स्पष्टता ॥