Jump to content

Page:Mhendu.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
Prty (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
जन्मको मुटु थल
::नछोड्‌ है यो हाम्रो !


{{pcn|[७]}}
परीको शहर झैँ
::बादल झैँ उँचा छ !
ताज लाउने हिमाली
::दक्षिणी पहरालाई
पन्नाले लर्केको
::तादीमा भुजा छ !
{{pcn|[८]}}
झुलनबाग झरेको
::झर्नाले झर्झर छ !
नागिनी तादीले
::पीर्तिले बेरेको
हिमालले हेरेको
::क्या राम्रो शहर छ !
{{pcn|[९]}}
नीर थुम्का हाँसेर
::हेर है हेरेको
पहिलो किरणले
::मीठो म्वाइँ गरेको
एक झुम्का बादल छ
::उत्तरमा झरेको ।
इन्द्रेनी रँग ज्यूँदै
::भुवामा परेको
{{pcn|[१०]}}
चरीको खलबलमा
::गानाले सुर लिन्छ
पस्मिना छातीले
::ढुक्कुरले कुर्लिन्छ !
तादीको इन्द्रेणी
::पहाडमा उर्लिन्छ ।
{{pcn|[११]}}
गुण्डा हो त्यो तेरो
::विन्ति ले यो मेरो,
एकछिनको भँवरो
::भुनभुने नखरो !
{{pcn|[१२]}}
गोसाईथान बाटाको
::छोरी-ठग लाटाको !
शहर पो के हुन्छ ?
::यस्तै घर माटाको !
{{pcn|[१३]}}
नोबल्‌ है विन्ति ले
::आमाको गिन्ती ले ।
के खन्छेस्‌ खाल्डो है
::दशाको खन्तीले ।
{{pcn|[१४]}}
म्हेन्दु हेर्‌ हेलम्बो
::सेर्पाको झोलुङ्गो ।
चाँदीको दरबार झैँ
::सुन गजूर घरबार झैँ ।
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:12, 28 April 2025

This page has been validated

जन्मको मुटु थल
नछोड्‌ है यो हाम्रो !

[७]
परीको शहर झैँ
बादल झैँ उँचा छ !
ताज लाउने हिमाली
दक्षिणी पहरालाई
पन्नाले लर्केको
तादीमा भुजा छ !

[८]
झुलनबाग झरेको
झर्नाले झर्झर छ !
नागिनी तादीले
पीर्तिले बेरेको
हिमालले हेरेको
क्या राम्रो शहर छ !

[९]
नीर थुम्का हाँसेर
हेर है हेरेको
पहिलो किरणले
मीठो म्वाइँ गरेको
एक झुम्का बादल छ
उत्तरमा झरेको ।
इन्द्रेनी रँग ज्यूँदै
भुवामा परेको

[१०]
चरीको खलबलमा
गानाले सुर लिन्छ
पस्मिना छातीले
ढुक्कुरले कुर्लिन्छ !
तादीको इन्द्रेणी
पहाडमा उर्लिन्छ ।

[११]
गुण्डा हो त्यो तेरो
विन्ति ले यो मेरो,
एकछिनको भँवरो
भुनभुने नखरो !

[१२]
गोसाईथान बाटाको
छोरी-ठग लाटाको !
शहर पो के हुन्छ ?
यस्तै घर माटाको !

[१३]
नोबल्‌ है विन्ति ले
आमाको गिन्ती ले ।
के खन्छेस्‌ खाल्डो है
दशाको खन्तीले ।

[१४]
म्हेन्दु हेर्‌ हेलम्बो
सेर्पाको झोलुङ्गो ।
चाँदीको दरबार झैँ
सुन गजूर घरबार झैँ ।