Page:Buddhibinodko pahila binod.pdf/19: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
जती | जती गर्यो दल्दल माथि चल्बल | ||
::पुगिन्छ उत्ती पलमा रसातल ॥ | ::पुगिन्छ उत्ती पलमा रसातल ॥ | ||
बिनाशको चिह्न छ चल्बले-पन | बिनाशको चिह्न छ चल्बले-पन |
Latest revision as of 09:59, 28 April 2025
This page has been validated
गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८
जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९
अघी कति दल्दलभित्र खेलिथिस् ?
रुँदै कती ब्याकुलता उकेलिथिस् ?
तँ फेरि थालिस् किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०
विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१