Jump to content

Page:Mhendu.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Proofread
+
Validated

Latest revision as of 09:58, 28 April 2025

This page has been validated

आशा पखेरु
नव स्वर लिन्छन्‌ ॥

[१०]
यी हुन्‌ 'म्हेन्दु'
गिरिकी शोभा ।
सुरपुरबाटै
झर्छिन्‌ हो वा ?

[११]
सुषमा रानी
स्वर्ग बयानी ।
सुनकेस्री यी
फूलकी खानी ॥

[१२]
तुहिन वदनमा
जीवन लाली ।
फुल्दो तनमा
बास्ना हाली ॥

[१३]
गिरिशिर बाली
खगस्वर ताली-
सँग यी झुल्छन्‌
डाली डाली ॥

[१४]
हँसमुख राम्री
जिउ सब फूलफूल ।
तिनले पर्ने
लिनु गह लव जल ॥

[१५]
तर पर पर छन्‌
युग युग सब पल ।
किन यति निठुरी
मुख त्यति कोमल !

[१६]
नरमपनामा
मोती टलपल ।
निठुरपनामा
कण्टक विह्वल ॥

[१७]
हृदय छ मेरो
निशिदिन खलबल ।
परमुख बन्दा
शिखर समुज्ज्वल ॥

[१८]
जब ती ऊषा
जस्ती झलमल
बोल्छिन्‌ नाला
स्वरमा कल्कल ॥

[१९]
पत्थर सुन्दर
बोल्छन्‌ "जलजल !"
हाँसो चोरी
ऊषा झलमल ॥

[२०]
हेरी चाला
मीठा चञ्चल ।