Page:Prithviraj chauhan.pdf/162: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उत्सव जस्तो जिउँदो आज | |||
डिल्लीको शहर । | |||
{{pcn|(५)}} | |||
कल्पना मेरी पुग्दछे गरी | |||
हेर्नको रहर । | |||
एघार सय नब्बेको वर्ष | |||
डिल्लीको शहर । | |||
{{pcn|(६)}} | |||
के मैले देखें आजको दिन | |||
लौन नि भाषा राम्ररी भन | |||
जलप अक्षर लगाई सुन | |||
लाग्ला है लाज सत्यले गिज्याउला | |||
म यस्तो दुर्बल तारको झीनो | |||
अलङ्कार छैन, उपमा छैन | |||
सोझोको खालि प्रकृत चालमा | |||
लेख्दछु हरे ! दिलका तालमा | |||
छि: यस्तो नभन । | |||
{{pcn|(७)}} | |||
तस्वीरलाई शब्दले खिच्नु | |||
सारै नै कठिन । | |||
उषाका प्रयास विफल हुँदा | |||
स्वर्गको चित्रण गर्नलाई सधैं | |||
पटमा गगन । | |||
मधुर भावका आँशु है रुन्छन् | |||
उरमा सुमन। | |||
प्रयत्नसम्म गरें है मैले । | |||
भावुक दिलले रङ्गे है दिलले | |||
सङ्केत मात्र यो बुझी पहिले | |||
मनमा रँगन । | |||
आफ्नो जो टूना, मनको दूना | |||
आधा नै आउँदैन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
उत्सव जस्तो जिउँदो आज
डिल्लीको शहर ।
(५)
कल्पना मेरी पुग्दछे गरी
हेर्नको रहर ।
एघार सय नब्बेको वर्ष
डिल्लीको शहर ।
(६)
के मैले देखें आजको दिन
लौन नि भाषा राम्ररी भन
जलप अक्षर लगाई सुन
लाग्ला है लाज सत्यले गिज्याउला
म यस्तो दुर्बल तारको झीनो
अलङ्कार छैन, उपमा छैन
सोझोको खालि प्रकृत चालमा
लेख्दछु हरे ! दिलका तालमा
छि: यस्तो नभन ।
(७)
तस्वीरलाई शब्दले खिच्नु
सारै नै कठिन ।
उषाका प्रयास विफल हुँदा
स्वर्गको चित्रण गर्नलाई सधैं
पटमा गगन ।
मधुर भावका आँशु है रुन्छन्
उरमा सुमन।
प्रयत्नसम्म गरें है मैले ।
भावुक दिलले रङ्गे है दिलले
सङ्केत मात्र यो बुझी पहिले
मनमा रँगन ।
आफ्नो जो टूना, मनको दूना
आधा नै आउँदैन ।