Page:Prithviraj chauhan.pdf/161: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
भन्दथे बूढा आँखाका तीखा | |||
जो वीन लिई सडक हिँड्थे । | |||
गाएर वीर चौहानका गाना | |||
पाँचतारे तारीमा । | |||
{{pcn|(३)}} | |||
डिल्लीमा आज नाच र गान | |||
नृत्यको शहरझैँ । | |||
अग्ला ती घर | |||
भर र भर | |||
अप्सरा नारी | |||
ठाँटमा भारी | |||
बाटेका केश | |||
नागिनी पारी | |||
डटेका रेशम | |||
हरूका सारी | |||
बालख साना छातीमा घारी | |||
झयाललाई स्वर्ग अटाली पारी | |||
नाच र गान तल छ भारी | |||
तरबारका पट्टा कुँडिला धारी | |||
लकडी हातमा चलाकी भारी | |||
ध्वजा र शृङ्गार खम्बामा भारी | |||
नक्कली दुश्मन बनाई मारी | |||
यवनका छाती शरले फारी | |||
नक्कली लडाइँ गरेर भारी | |||
वारि र पारि उत्सव नाच्छ | |||
सागरका लहरझैँ । | |||
{{pcn|(४)}} | |||
कवि र गाइने सारङ्गी वीणा | |||
लिएर नाच्दछन् । | |||
भाट र भाँड देखाई छाँड | |||
कम्मर भाँच्दछन् । | |||
जयको ध्वनि पुकारी हिँड्छन् | |||
मानिसका लहर। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
भन्दथे बूढा आँखाका तीखा
जो वीन लिई सडक हिँड्थे ।
गाएर वीर चौहानका गाना
पाँचतारे तारीमा ।
(३)
डिल्लीमा आज नाच र गान
नृत्यको शहरझैँ ।
अग्ला ती घर
भर र भर
अप्सरा नारी
ठाँटमा भारी
बाटेका केश
नागिनी पारी
डटेका रेशम
हरूका सारी
बालख साना छातीमा घारी
झयाललाई स्वर्ग अटाली पारी
नाच र गान तल छ भारी
तरबारका पट्टा कुँडिला धारी
लकडी हातमा चलाकी भारी
ध्वजा र शृङ्गार खम्बामा भारी
नक्कली दुश्मन बनाई मारी
यवनका छाती शरले फारी
नक्कली लडाइँ गरेर भारी
वारि र पारि उत्सव नाच्छ
सागरका लहरझैँ ।
(४)
कवि र गाइने सारङ्गी वीणा
लिएर नाच्दछन् ।
भाट र भाँड देखाई छाँड
कम्मर भाँच्दछन् ।
जयको ध्वनि पुकारी हिँड्छन्
मानिसका लहर।