Page:Shakuntala.pdf/87: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ | ::रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥ | ||
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। | हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। | ||
::खोलामा पनि बग्छ रे सुन | ::खोलामा पनि बग्छ रे सुन झझल्झल् बालुवातुल्य रे ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
रत्नै | रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी । | ||
::छाना | ::छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥ | ||
गर्छिन् शान दुवै समुच्च करले, | गर्छिन् शान दुवै समुच्च करले, "आकाशभन्दा पनि । | ||
::ठूलो रे, सुनको बिहानसरिको | ::ठूलो रे, सुनको बिहानसरिको झल्झल् उँचा रम्य रे॥" | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा । | भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा । | ||
::त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥ | ::त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥ | ||
हाँसिन् सत्वर | हाँसिन् सत्वर मालिनी-तरलता तारङ्ग ती बालको । | ||
::टिप्दै गुन्गुनसाथ "सत्य सब | ::टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
"बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ? | |||
::हाम्रा कण्वपितासमान वयका सारा कुराका | ::हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ? | ||
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? | जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ? | ||
::आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?" | ::आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?" | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
भन्छिन् एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे । | |||
::हाम्रो | ::हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल् बने ती सबै ॥ | ||
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा । | ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा । | ||
::रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥ | ::रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥ | ||
Line 33: | Line 33: | ||
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । | भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी । | ||
::पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥ | ::पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥ | ||
धप्कादार जुहार झल्मल गरी | धप्कादार जुहार झल्मल गरी बस्छन् नचाई परी । | ||
::मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥ | ::मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 18:50, 1 March 2025
छन् चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल् गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन् अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझल्झल् बालुवातुल्य रे ॥
(२३)
रत्नै फल्दछ रे अनेक रँगको सारा बगैंचाभरी ।
छाना नै सुनको अरे गजबको !" आँखा यहाँ चम्किए ॥
गर्छिन् शान दुवै समुच्च करले, "आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्झल् उँचा रम्य रे॥"
(२४)
भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन् महान् नीरमा ।
त्यो अत्युक्ति सुनेर चन्द्रनभमा मुस्काउँदा छन् मृदु ॥
हाँसिन् सत्वर मालिनी-तरलता तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो" जस्तो गरी जूनमा ॥
(२५)
"बूढा छन् त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका धनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)
भन्छिन् एक "छ ओठमाथि उनको जूँगा त मुस्लो सखे ।
हाम्रो उम्रिदिँदैन क्यार !" यतिले खिल्खिल् बने ती सबै ॥
ती बस्छन् दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)
भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी बस्छन् नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)