Page:Shakuntala.pdf/79: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ | देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी । | ||
::श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥ | ::श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥ | ||
चिल्लो हरा मृदुलता नव | चिल्लो हरा मृदुलता नव पालुवाको । | ||
::पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥ | ::पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
यो कोपिलाकन सुगन्ध दिने | यो कोपिलाकन सुगन्ध दिने जरामा । | ||
::हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥ | ::हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥ | ||
त्यो शब्दको मधुर तान थियो | त्यो शब्दको मधुर तान थियो चरामा । | ||
::तोते मिठास | ::तोते मिठास अझ छैन कि स्वर्गमा नै ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
यो काँचको घर न हो बहुरत्न- | यो काँचको घर न हो बहुरत्न-छाना । | ||
::छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥ | ::छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥ | ||
प्रत्येक रश्मि रविको पनि हुन्छ | प्रत्येक रश्मि रविको पनि हुन्छ झल्ल । | ||
::त्यो कल्पना | ::त्यो कल्पना अझ छ रङ्ग दिने झलल्ल ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
के | के फूल् हुन् र कविजी जग-सिर्जनाका । | ||
::आदर्शरूप दिलका मृदु गुह्यवाला ? | ::आदर्शरूप दिलका मृदु गुह्यवाला ? | ||
मेरा निमित्त शिशु नै सब | मेरा निमित्त शिशु नै सब फूललाई । | ||
::जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥ | ::जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
ती अप्सरा र नृपकी | ती अप्सरा र नृपकी दुइ-अंशवाली । | ||
::पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥ | ::पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥ | ||
आनन्दलाइ ऋषिको तपको | आनन्दलाइ ऋषिको तपको गिज्याई । | ||
::आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥ | ::आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
दाढी सफा सकल ज्ञान छुने हिलाई । | |||
::"नानी" भनेर जब कण्व पुकार गर्थे | ::"नानी" भनेर जब कण्व पुकार गर्थे ॥ | ||
नानी दुवै चमकले दुइ | नानी दुवै चमकले दुइ स्वर्गतुल्य । | ||
::हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥ | ::हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 17:15, 1 March 2025
देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी ।
श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको ।
पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥
(३४)
यो कोपिलाकन सुगन्ध दिने जरामा ।
हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा ।
तोते मिठास अझ छैन कि स्वर्गमा नै ॥
(३५)
यो काँचको घर न हो बहुरत्न-छाना ।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥
प्रत्येक रश्मि रविको पनि हुन्छ झल्ल ।
त्यो कल्पना अझ छ रङ्ग दिने झलल्ल ॥
(३६)
के फूल् हुन् र कविजी जग-सिर्जनाका ।
आदर्शरूप दिलका मृदु गुह्यवाला ?
मेरा निमित्त शिशु नै सब फूललाई ।
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥
(३७)
ती अप्सरा र नृपकी दुइ-अंशवाली ।
पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ ऋषिको तपको गिज्याई ।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥
(३८)
दाढी सफा सकल ज्ञान छुने हिलाई ।
"नानी" भनेर जब कण्व पुकार गर्थे ॥
नानी दुवै चमकले दुइ स्वर्गतुल्य ।
हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥
(३९)