Jump to content

Page:Shakuntala.pdf/78: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई।
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
::पूजा गरेर दिलले जलसाथ हेछाँ ।
::पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म।
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}


विग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा।
बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥।
::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा
त्यो कालमा शिशु अविकृत शान्त हाँसी।
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
{{pcn|(२९)}}
{{pcn|(२९)}}


त्यो इन्द्रको धनुपछाड़ि दगुर्न खोजने
त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने
::देखेर सत्य खँदिलों नभबीच ऊँचा
::देखेर सत्य खँदिलो नभबीच ऊँचा
जो भावको गति छ त्यो यदि आज पाऊँ।
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
::यौटा नयाँ निगम यो जगमा बनाऊँ॥
::यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


खेली कुंदेर छरिता पदसाथ नाची।
खेली कुँदेर छरिता पदसाथ नाची ।
::हॉसेर हेर जगतैकन यो उदासी ॥
::हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश।
आह्लादको रस भरूँ कि भनेर ईश ।
::आए बनेर शिशु गर्न सुचारू लीला ॥
::आए बनेर शिशु गर्न सुचारु लीला ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


यो दुःखको जलधिमा यदि मिल्छ एक।
यो दुःखको जलधिमा यदि मिल्छ एक ।
::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कते छ तममा यदि जिन्दगीको ।
तारा कतै छ तममा यदि जिन्दगीको ।
::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}


सानी शकुन्त-सेंगिनी हँसिली भएर।
सानी शकुन्त-सँगिनी हँसिली भएर ।
::पन्छीहरूसँग मिलीकन बार बार ॥
::पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्चिन् सुवर्णनभमा सुप्रभातभित्र।
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
::रद्दीनपङ्ख मनमाफिकले विचित्र ॥
::रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
{{pcn|(३३)}}
{{pcn|(३३)}}


</poem>}}
</poem>}}

Latest revision as of 17:09, 1 March 2025

This page has been proofread

हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)

बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)

त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने ।
देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
(३०)

खेली कुँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(३१)

यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)

सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)