Page:Shakuntala.pdf/77: Difference between revisions
→Not proofread: Created page with "'विश्वासको मृदुलता जुन हो मुना झैं । जो नित्य हुन्छ हरियो खस्दैन आँधिहरुबाट, ढलेर सुरबागभित्र ॥ जाँदा । ठूला महीरुह, यिनीसँग त्यो छ भित्र॥ आधारदार सुकुमार हक 1 सौन्दर्यतारसित लि..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
जो | <poem> | ||
विश्वासको मृदुलता जुन हो मुना झैं । | |||
::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥ | |||
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा । | |||
::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥ | |||
{{pcn|(२२)}} | |||
आधारदार सुकुमार विचारधारा। | |||
::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥ | |||
देखेर मूर्ति प्रभुका सब रूपभित्र । | |||
::आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥। | |||
{{pcn|(२३)}} | |||
आधारदार सुकुमार | |||
देखेर मूर्ति प्रभुका सब | |||
आनन्द झैं मधुर ज्योति | |||
( | |||
आनन्दको मधुर ज्ञान अनन्त निल्ने । | |||
::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥ | |||
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली । | पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली । | ||
जादूसमान | ::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥ | ||
{{pcn|(२४)}} | |||
मृदु गुह्य प्रभा निकाली ॥ | |||
(२४) | |||
आँखा अनन्तसित गर्छ कुरा चमक्क । | आँखा अनन्तसित गर्छ कुरा चमक्क । | ||
::धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥ | |||
बन्छन् कथा सरसतासित चारु छन्द । | |||
::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥ | |||
{{pcn|(२५)}} | |||
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥ | |||
(२५) | |||
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा । | |||
::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥। | |||
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल । | |||
::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥ | |||
{{pcn|(२६)}} | |||
बेर ॥ | पाऊँ म त्यो मधुरता यदि आज थोर । | ||
::बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥ | |||
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी । | |||
::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥ | |||
{{pcn|(२७)}} | |||
</poem>}} | |||
Latest revision as of 17:02, 1 March 2025
विश्वासको मृदुलता जुन हो मुना झैं ।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)
आधारदार सुकुमार विचारधारा।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
(२३)
आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)
आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द ।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥
(२६)
पाऊँ म त्यो मधुरता यदि आज थोर ।
बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)