Jump to content

Page:Shakuntala.pdf/70: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा।
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
::बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
::बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
::हॉसी पश्चिम नै कदिसरि गरी आए घरैमा ऋषि  ॥
::हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि  ॥
{{pcn|(३५)}}
{{pcn|(३५)}}


वल्ली बेहिन गै रेँगी कुसुमले राम्रो थियो झोपडी।
वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
::सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना  ॥
::सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना  ॥
छाएको खरले विहद्गस्वरले मीठी हवा शीतल।
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
::पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी  ॥
::पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी  ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}


हॉस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी।
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
::हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने के गरी  ॥
::हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी  ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
::चिन्दी के वनबालिका, विहगकी सड़ी फुली बागमा  ॥
::चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा  ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रहले।
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
::छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा  ॥
::छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा  ॥
हीराका चय विश्ववन्द रवि जो हुन् पद्मिनीवल्लभ ।
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
::लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ  ॥
::लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ  ॥
{{pcn|(३८)}}
{{pcn|(३८)}}


"ल्याएँ यी ललिताड़िनी मुसमुसे मुन्द्रे परी-बालिका।
"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
::आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी  ॥
::आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी  ॥
स्वप्ना के वनको प्रसूनवदनी, कल्लोलकी केलि थी।
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
::विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥।"
::विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी "
{{pcn|(३९)}}
{{pcn|(३९)}}


यस्ता शब्द सुनेर भे चकित ती चम्किन् त्यहाँ गौतमी।
यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
::ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
::ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी।
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
::आफैले तपको गरी निहूँ कते ज़न्मिन् कि यी बालिका ?"
::आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
{{pcn|(४०)}}
{{pcn|(४०)}}


</poem>}}
</poem>}}

Latest revision as of 17:33, 26 February 2025

This page has been proofread

मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥
(३५)

वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)

हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)

दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)

"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥"
(३९)

यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
(४०)