Jump to content

Page:Shakuntala.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ओँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी । साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥ बोल्थे भ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी । जो बोल्छन्‌ शिशु छालले ज..."
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ओँखा
{{center block|
 
<poem>
भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी ।
आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी ।
 
::साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
 
::जो बोल्छन्‌ शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥
बोल्थे भ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
{{pcn|(४१)}}
 
जो बोल्छन्‌ शिशु छालले जलधिको माधुर्य झै फन्फनी ॥
(४१)

राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
 
::सिक्छन्‌ भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
सिक्छन्‌ भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
 
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हाम्रो यो अनुमान हुन्छ सबको
::हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर
 
{{pcn|(४२)}}
(र)
 
हो सूत एकै धर
 
'शायद्‌ पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन्‌ ।

'शायद्‌ जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन्‌ ॥
शायद्‌ पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन्‌ ।
::शायद्‌ जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन्‌ ॥
शायद्‌ विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
शायद्‌ विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
एकै चीज छ भित्र बाहिर जगत्‌ भन्ने छ सम्भावना ॥
::एकै चीज छ भित्र बाहिर जगत्‌ भन्ने छ सम्भावना ॥
 
{{pcn|(४३)}}
(४२)

हाम्रो शैशव मानवी प्रकृतिको हृत्‌केन्द्रमा जन्मियो ।
हाम्रो शैशव मानवी प्रकृतिको हृत्‌केन्द्रमा जन्मियो ।
 
::एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो
एकै पोषणले भयो मधुर यो, ती भावले भझुम्मियो
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो
 
::एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोड्यो
{{pcn|(४४)}}
एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
 
(४४)

यौटै चित्‌ छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
यौटै चित्‌ छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
 
::बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो
बल्दो धप्प छँदो शशी, रवि कहीँ खोला बनी भनङ्गिँदो
 
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।
 
::फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥
फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥
{{pcn|(४५)}}
(४५)

छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत्‌ ।
छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत्‌ ।
झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत्‌ ॥
::झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत्‌ ॥
ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल ।
ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल ।
बढ्छिन्‌ कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥
::बढ्छिन्‌ कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥
{{pcn|(४६)}}

(४६)
</poem>}}
पा

Latest revision as of 15:58, 26 February 2025

This page has been proofread

आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी ।
साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
जो बोल्छन्‌ शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥
(४१)

राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
सिक्छन्‌ भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर ॥
(४२)

शायद्‌ पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन्‌ ।
शायद्‌ जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन्‌ ॥
शायद्‌ विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
एकै चीज छ भित्र बाहिर जगत्‌ भन्ने छ सम्भावना ॥
(४३)

हाम्रो शैशव मानवी प्रकृतिको हृत्‌केन्द्रमा जन्मियो ।
एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो ॥
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो ।
एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
(४४)

यौटै चित्‌ छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो ॥