Page:Shakuntala.pdf/63: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन् सुधा तन्तनी । | |||
::साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥ | ::साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥ | ||
बोल्थे | बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी । | ||
::जो बोल्छन् शिशु छालले जलधिको माधुर्य | ::जो बोल्छन् शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
Line 10: | Line 10: | ||
::सिक्छन् भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥ | ::सिक्छन् भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥ | ||
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी । | हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी । | ||
::हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै | ::हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
शायद् पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन् । | |||
:: | ::शायद् जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन् ॥ | ||
शायद् विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना । | शायद् विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना । | ||
::एकै चीज छ भित्र बाहिर जगत् भन्ने छ सम्भावना ॥ | ::एकै चीज छ भित्र बाहिर जगत् भन्ने छ सम्भावना ॥ | ||
Line 20: | Line 20: | ||
हाम्रो शैशव मानवी प्रकृतिको हृत्केन्द्रमा जन्मियो । | हाम्रो शैशव मानवी प्रकृतिको हृत्केन्द्रमा जन्मियो । | ||
::एकै पोषणले भयो मधुर यो, ती भावले | ::एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो ॥ | ||
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ | पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो । | ||
::एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥ | ::एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
यौटै चित् छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो । | यौटै चित् छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो । | ||
::बल्दो धप्प छँदो शशी, रवि | ::बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो ॥ | ||
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो । | झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो । | ||
::फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥ | ::फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥ |
Latest revision as of 15:58, 26 February 2025
आँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन् सुधा तन्तनी ।
साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥
बोल्थे झ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।
जो बोल्छन् शिशु छालले जलधिको माधुर्य झैं फन्फनी ॥
(४१)
राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।
सिक्छन् भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥
हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी ।
हाम्रो यो अनुमान हुन्छ सबको हो सूत एकै थर ॥
(४२)
शायद् पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन् ।
शायद् जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन् ॥
शायद् विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना ।
एकै चीज छ भित्र बाहिर जगत् भन्ने छ सम्भावना ॥
(४३)
हाम्रो शैशव मानवी प्रकृतिको हृत्केन्द्रमा जन्मियो ।
एकै पोषणले भयो मधुर यो, ती भावले झुम्मियो ॥
पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोइयो ।
एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥
(४४)
यौटै चित् छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।
बल्दो धप्प छँदो शशी, रवि कहीं खोला बनी भङ्गिँदो ॥
झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।
फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥
(४५)
छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत् ।
झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत् ॥
ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल ।
बढ्छिन् कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥
(४६)