Page:Shakuntala.pdf/61: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । | जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । | ||
::त्यस्तामा पनि | ::त्यस्तामा पनि शस्त्ररूप उसका छन् दिव्य प्रेमी क्रिया ॥ | ||
सानो सुस्त छिनो लिएर करमा | सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको । | ||
:: | ::प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
Line 13: | Line 13: | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
धोका हुन्न कहाँ कतै प्रकृतिमा | धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु । | ||
:: | ::बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥ | ||
मिल्ला त्यो मह जो अनेक | मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन् । | ||
::जो मीठो मृदुभाव | ::जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन् ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
Line 22: | Line 22: | ||
::हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥ | ::हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥ | ||
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू । | हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू । | ||
::जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू | ::जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥" | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी । | यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी । | ||
::हाँस्दै पङ्ख | ::हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥ | ||
औंलाले भुइँमा भर यसो थोरै उचाल्दी तन । | औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन । | ||
::उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥ | ::उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
मौरी | मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह । | ||
::मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥ | ::मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥ | ||
टिप्तै स्वादु मुना फुरुक्क वनमा | टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि । | ||
::लाग्यो शावक चर्न चारु जननी | ::लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:42, 26 February 2025
जो छन् नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू ।
त्यस्तामा पनि शस्त्ररूप उसका छन् दिव्य प्रेमी क्रिया ॥
सानो सुस्त छिनो लिएर करमा कुँद्दो छ सौन्दर्यको ।
प्रेमै मात्र पछाडि प्राप्त बुझियो यो नीतिको विश्वमा ॥
(२९)
रोगैमा पनि शुद्धिका कति क्रिया देखाउँछन् लक्षण ।
डोरामा शिव नीतिका उडुभरी झल्की प्रभा-मोहिनी ॥
कालै हो यदि राह ता अमृतको क्या दिव्य त्यो अक्षर ।
हाम्रा कण्टक दुःखका कुसुमको भर्दो छ पत्तीहरू ॥
(३०)
धोका हुन्न कहाँ कतै प्रकृतिमा हे दिव्यताकी शिशु ।
बुझ्नेलाइ बिरादरी तरु, लता, कल्लोल पन्छी पशु ॥
मिल्ला त्यो मह जो अनेक कुसुमी मौरीपरी हाल्दछन् ।
जो मीठो मृदुभाव खोजहरुका मौनीहरू जान्दछन् ॥
(३१)
पन्छीले सुरकी लता फुलिदिने जानेर प्रेमी बनी ।
हेर्चाहासित बोलमा मधुरता खोजी महान् प्रेमको ॥
हेर्नेछन् शिशुलाइ जन्तुहरुले दिन्छन् इशाराहरू ।
जेले ती पशु पाउँछन् हृदयमा आत्मा-सुखी आबरू ॥"
(३२)
यी शिक्षा शिशुकानमा मधुर दी छोडी चलिन् ती परी ।
हाँस्दै पङ्ख फुकाउँदी कुसुम झैं वैशाखका अन्त्यमा ॥
औंलाले भुइँमा दिई भर यसो थोरै उचाल्दी तन ।
उड्नालाइ तयार भै नजरमा पानी भरी हेर्दछिन् ॥
(३३)
मौरी झुम्मिगएर कुञ्ज त्यसमा मीठा गिराए मह ।
मीठो भुन्भुन तत्त्वपूर्ण शिशुको आत्मा बन्यो सौरभी ॥
टिप्तै स्वादु मुना फुरुक्क वनमा "खान्छौ कि नानी ?" सरि ।
लाग्यो शावक चर्न चारु जननी जान्थी पिलाईवरी ॥
(३४)