Page:Shakuntala.pdf/59: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
सानो | सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी । | ||
::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥ | ::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥ | ||
उड्दो | उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा । | ||
::आइन् | ::आइन् पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
Line 19: | Line 19: | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन । | |||
:: | ::आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥ | ||
मेरो दिव्य सुषमा | मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं । | ||
::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल | ::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी । | कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी । | ||
::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥ | ::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥ | ||
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन | हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन । | ||
::राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥ | ::राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ । | मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ । | ||
:: | ::कालो मुण्मय छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥ | ||
खाली बीज पर्छ हुनु है ! छन् | खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन् पङ्कमै पङ्कज । | ||
::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥ | ::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:29, 26 February 2025
सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन् पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)
लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥
(१८)
छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)
"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
(२०)
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ।
राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ ।
कालो मुण्मय छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन् पङ्कमै पङ्कज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)