Page:Shakuntala.pdf/6: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c| | |||
॥:श्री:॥ | ॥:श्री:॥ | ||
'''नेपाली शाकुन्तल महाकाव्य''' | '''नेपाली शाकुन्तल महाकाव्य''' | ||
{{x-larger|'''प्रथम सर्ग'''}} | |||
'''(शार्दूलविक्रीडित)''' | '''(शार्दूलविक्रीडित)''' | ||
}} | |||
{{center block| | |||
<poem> | <poem> | ||
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । | चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । | ||
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥ | ::नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥ | ||
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन । | बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन । | ||
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥ | ::मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥ | ||
(१) | {{pcn|(१)}} | ||
चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा । | चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा । | ||
गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥ | ::गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥ | ||
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे । | आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे । | ||
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥ | ::त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥ | ||
(२) | {{pcn|(२)}} | ||
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको । | मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको । | ||
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥ | ::हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥ | ||
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै | जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै । | ||
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥ | ::फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥ | ||
(३) | {{pcn|(३)}} | ||
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति । | बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति । | ||
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥ | ::हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥ | ||
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली । | फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली । | ||
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥ | ::श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥ | ||
(४) | {{pcn|(४)}} | ||
</poem> | </poem>}} |
Latest revision as of 22:44, 16 February 2025
॥:श्री:॥
नेपाली शाकुन्तल महाकाव्य
प्रथम सर्ग
(शार्दूलविक्रीडित)
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनामा देखी फुलेकी लता ॥
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
(१)
चम्किथे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्थे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारताऽकाशसमा ॥
(२)
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
(३)
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ॥
(४)